OBJECTIVE

प्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बि.स.२०६२ जेष्ठ २७ गतेको दिन न्युरोड महाबौद्घ क्षेत्रमा ब्यापार ब्यवसाय गर्ने २५ जना युवा ब्यवसायीहरुद्घारा स्थापित संस्था हो । सामान्य हिसावले सामुहिक रुपमा बचत गर्ने र ऋण लिई ब्यवसाय बृद्घि गर्ने उदेश्यले स्थापित संस्था सदस्यहरुको मायाले आजको स्थानसम्म आइपुगेको छ ।

MISSION

सहकारीको सिद्घान्त अनुसार बचत तथा ऋण सेवा दिने क्रममा संस्थाले बजारको अवस्था अनुसार बचतमा आकर्षक ब्याज दिई बचत गर्नको लागि सदस्यहरुलाई अभिप्ररित गर्दछ भने सरल र सुलभ दरमा सदस्यहरुलाई ऋण लगानी गरि सदस्यहरुको ब्यवसायलाई बढाउन मदत गर्दछ ।

VISION

एकका लागि सबै र सबैका लागि एक भन्ने मर्मलाई आत्मासाथ गरि संस्थाले सदस्यहरुको आवश्यकता अनुसारको बचत, ऋण तथा रेमिटान्स सेवाहरु प्रदान गर्दै आइरहेको छ । भने आगामी दिनमा अन्य सेवाहरु पनि थप गरि प्रभावकारी रुपमा सदस्यहरुको सेवामा समर्पित भईरहनेछ ।